नेपालमा MDMS(Mobile Device Management System) लागु भैसक्यो, अब बाहिरबाट ल्याइएको मोबाइल दर्ता गर्नुपर्ने
बर्षौको पर्खाईपछि नेपाल दुरसंचार प्राधिकरणले अन्तत २०७९ भद्र ३० गते देखि एम. डी .एम. एस लागु गरेको छ । बास्ताम्मा यो पूर्ण रुपमा लागु हुन अझै २-३ महिना लाग्न सक्ने बताएको छ ।
यो प्राणालीले हराएका वा चोरी भएका मोबाइल ट्रयाक गर्न सजिलो बनाउनु का साथै अबैध मोबाइल आयातको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्छ।
MDMS भनेको के हो ?
एमडीएमएस लागू भएपछि अब गैरकानूनी रूपमा खरिद गरिएका मोबाइलहरू सञ्चालनमा आउने छैनन्। तसर्थ, यसले प्रभावकारी रूपमा अवैध च्यानलहरूबाट स्मार्टफोनको बिक्रीलाई अन्त्य गर्नेछ।
MDMS नेपाल भित्रिने प्रत्यक मोबाइल वा तेस सरहको कुनै पनि इलेक्ट्रोनिक्स सामानहरुको IMEI नम्बर को रेकर्ड राख्ने सोफ्टवेर प्रणाली हो।
हामीले किनेको सबै मोबाइलमा IMEI नम्बर हुन्छ। आफ्नो मोबाइलको IMEI, *#06# डाइल गरेर
थाहा पाउन सकिन्छ।

आफ्नो मोबाइल MDMS मा दर्ता भएको / नभएको थाहा पाउन यो लिंक थिचेर आफ्नो IMEI राखेर हेर्न सक्नु हुन्छ
https://mdms.nta.gov.np/
